एउटा युवा टेक युट्युबर जो बिधार्थी हुनुहुन्छ र फुर्सतको बेलामा टेक भिडियो बनाएर अाफ्नो टेक च्यानलमा अपलोड गर्नु हुन्छ । वहाँ धेरै नै मिहिनेती ब्यक्ती हुनु हुन्छ । वहाँको नाम हो बादल थापा र वहाँको टेक्निकल च्यानलको नाम Technical Lesson हो । यति कम समयमा पनि वहाँ यो टेक क्षेत्रमा निकै नै अनुभव प्राप्त गरि सक्नु भाको छ । वहाँ कमेडीमा पनि अति नै रूचि राख्नु हुन्छ र कमेडी भिडियोहरूमा त्रिपल अभिनय पनि अति नै रोमान्टिक ढंगले प्रस्तुत गर्नु भाको छ । यहाँ मैले वहाँ सँग गरेको कुराकानी जस्ताको तस्तै प्रस्तुत…
Read MoreMonth: October 2017
बाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराईको चुनाव चिन्ह रुख !
काठमाडौं २९ असोज । उम्मेदवारीमा कुरा नमिलेपछि बाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतबार भेटावार्ता भएको छ । भेटमा नयाँ शक्ति लोकतान्त्रिक गठबन्धनमा सहभागी हुनेबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भट्टराईले बाम गठन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा गृह जिल्ला गोरखा–२ बाट प्रत्यक्षतर्फबाट संघीय संसदको सदस्यमा चुनाव लड्न चाहेका थिए । तर, माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारीमा दाबी नछाडेपछि भट्टराई बाम गठबन्धनबाट बाहिरिएका थिए । स्रोतका अनुसार सभापति देउवाले काँग्रेसको समर्थनमा चुनाव लड्ने भट्टराईको…
Read Moreआइफोन एट प्लसको ब्याट्री फुल्न थालेपछि एप्पललाई पर्यो यस्तो आपत
एप्पलको नयाँ आइफोन एट प्लसको ब्याट्री फुलेको अर्को घटना चीनमा सार्वजनिक भएको छ । चिनिया मिडियाहरुले आइफोन एट प्लसको ब्याट्री फुलेको समाचार तस्वीरसहित प्रकाशित गरेका छन् । यसअघि ताइवान र जापानमा पनि आइफोन एट प्लसको ब्याट्री फुलेको र ब्याट्री फुल्दा फोनको बाहिरी खोल नै उप्पिएका समाचार आएका थिए । गत बिहिबार चीनको एक वेबसाइट द पेपर डट सिएनले एक आइफोन ग्राहक लि यू लाई उधृत गर्दै एक तस्वीर पोष्ट गरेको छ । जसमा ५ अक्टोबरमा खरीद गरेको उक्त नयाँ आइफोन एट प्लसको ब्याट्री फुलेर बाहिरी खोल उप्किएको देखाइएको छ ।…
Read Moreशरीरभित्रको तस्बीर देखाउने क्यामेरा बन्यो
एजेन्सी– वैज्ञानिकले मानव शरीरभित्रका अंग हेर्न सकिने क्यामेरा निर्माण गरेका छन्। अहिले चिकित्सकहरू भित्री शारीरिक अंग परीक्षण गर्न इन्डोस्कोपी गर्छन्। शरीरभित्र हेर्न सकिने क्यामेरा खासमा इन्डोस्कोपी गर्दा चिकित्सकलाई सघाउन निर्माण गरिएको हो। इन्डोस्कोपीबाहेक स्क्यान र एक्सरे गरी चिकित्सकले भित्री अंगको स्वास्थ्य स्थिति पत्ता लगाउँदै आएका छन्। नयाँ क्यामेराले इन्डोस्कोपीको लचिलो लामो ट्युबको अगाडिबाट निस्कने उज्यालोजस्ता प्रकाशको स्रोतका माध्यमबाट शरीरभित्र काम गर्छ। ‘यो क्यामेरामा बेग्लाबेग्लै काम गर्ने क्षमता छ,’ युनिभर्सिटी अफ एडिनवर्गका प्रोफेसर केव धालीवालले भने, ‘खासगरी शल्यक्रिया गरिरहेका बेला कुन डिभाइस कहाँ छ भनेर थाहा पाउनु अत्यन्त महत्वपूर्ण हुन्छ।’ प्रारम्भिक परीक्षण…
Read Moreट्युटरको स्टाटसमा अब २४० शब्दहरू लेख्न पाइने भयो
एजेन्सी : ट्युटरले अाफ्ना प्रयोगकर्ताहरूलाइ अब थप सुबिधा दिने भएको छ । यस कम्पनीले दिदै अाएको स्टाटस लेखन प्रकृयामा सिमिततालाइ परिवर्तन गरेको छ । विश्व भरि चर्चित रहेको यस कम्पनीले अब प्रयोगकर्ताहरूले स्टाटसमा १२० शब्दहरू भन्दा बढीमा बिचारहरू ब्यक्त गर्न सक्ने बताएको छ । अाफना परिवार, मित्र जन र अरू व्यक्तिहरूसँग लगाताररूपमा सम्पर्क बनाइ राख्ने एउटा सशक्त माध्यम ट्युटर पनि हो । फेसबुक जस्तै प्रचलित रहेको सामाजिक संजाल मध्ये ट्युटर पनि एक हो । तर ट्युटरमा फेसबुक जस्तै धेरै शब्दहरूमा स्टाटस लेख्न सकिदैन । १२० शब्दहरूमा मात्र अाफ्नो कुरा ब्यक्त गर्नु…
Read Moreयुट्युबमा कसको कमाइ कति हुन्छ ? अब, सजिलै थाहा पाउनु होस्
इन्टरनेटको क्षेत्रमा गुगल कम्पनीको नाम नसुको त कोही नहोला । गुगलले संसारभरि नै अाफ्नो लोकप्रियता कमाएको छ । गुगलको सबै भन्दा चर्चित उत्पादन हो क्रोमा जसलाइ वेब ब्राउजर पनि भनिन्छ । Chrome गुगलको सबै भन्दा प्रभावकारी वेब Search Engine हो जून धेरै नै चलेको छ । इन्टरनेटमा हरेक कामको लागि हामीले क्रोमाको प्रयोग गर्दछाै । त्यस्तै गरिकन गुगलको अर्को उत्पादन रहेको छ युट्युब जुन संसार भरि नै लोकप्रिय रहेको छ । दैनिकरूपमा मानिसहरूले युट्युबमा भिडियो अपलोड गरेर मनग्गे अाम्दानी गर्ने गरेको देखिन्छ । युट्युब यस्तो पलेटफर्म हो जहाँ हरेक प्रकारका…
Read Moreलाैकाको रस पिउनु शरिरको लागि फाइदाजक, बिभिन्न रोगबाट बचाै
एजेन्सी । स्वास्थ्य नै धन हो भन्ने कुरा हामीलाइ थाहा छ । स्वास्थ्य राम्रो नभइ हामीले कुनै पनि काम राम्ररी गर्न सक्दैनाै । हरेक कामलाइ प्रभावकारी ढगले गर्नको लागि स्वास्थ्य राम्रो हुनु जरूरी हुन्छ । प्राय गरेर हामीकहाँ विहानै उठेपछि चिया र कफि पिउने बानी छ । यो परम्परा पहिलेदेखि नै चलिआएको परम्परा हो । के यसलाई परिवर्तन गर्ने कुरा कहिल्यै सोचेका छौँ ?बिहानै उठेर चिया वा कफिको ठाउँमा लौकाको रस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । लौकाको फिक्का स्वादले गर्दा नराम्रो लाग्ला तर, फाइदा थाहा पाएपछि अस्वीकार गर्न गाह्रो…
Read Moreकस्ता गुण भएका युवकलाइ युवतीहरूले मन पराउँछन् ?
सुन्दर चिज, सुन्दर प्रकृती र सुन्दर मानिस कसलाइ मन पर्दैन र । तर सुन्दरता दुइ प्रकारका हुन्छन् । एउटा बाहिरी सुन्दरता भने अर्को भित्री सुन्दरता । बाहिरी सुन्दरता क्षणिक हुन्छ भने भित्री सुन्दरता दीर्घकालिन, सधैको लागि । कसैसँग बाहिरी सुन्दरता सँगसँगै भित्री सुन्दरता पनि छ भने त्यो सुनमा सुगन्ध भए जस्तै हो । कुनै युवतीलाइ अफुतिर अकर्षित गर्न सक्नु युवकको कला हो । तर यस्तो कला सबै युवकहरूसँग हुदैन । युवतीलाइ आफु तिर आकर्षित गर्ने कुनै बनिबनाउ सुत्र पनि हुदैन । युवकमा केही गुणहरू हुनु पर्छ जसलाइ हरेक युवतीहरूले मन…
Read Moreअमेरिका जाने सुनाैलो अवसर DV Lottery 2019 खुलिसकेको छ
के अमेरिका जान चाह्नु हुन्छ ? यदि हो भने यस पाली पनि अमेरिका जाने dv lottery 2019 खुलिसकेको जानकारी गराउँछाै । Dv भर्नको लागि www.dvlottery.state.gov साइट मा जानु पर्दछ । त्यहाँ फर्ममा अाफ्नो मागे बमोजिम सारा जानकारीहरू दिनु पर्ने हुन्छ । यो डिभी लाैटरी अक्टुवर ३ तारीक २०१७ मंगलवारका दिन मध्यान्ह देखि पुर्ण रूपले खुल्ला गरिएको छ । यसको अन्तिम मिति नोभेम्बर ७ तारिक २०१७ सम्म दिनको बार्ह बजे सम्म रहनेछ । त्यस पछि तोकिएको म्याद नाघे पछि भरिएको डिभी मान्य हुने छैन । तसर्थ, छिटै नै अाजै अाफ्नो स्थान सुनिश्चित…
Read More