सुन्दर चिज, सुन्दर प्रकृती र सुन्दर मानिस कसलाइ मन पर्दैन र । तर सुन्दरता दुइ प्रकारका हुन्छन् । एउटा बाहिरी सुन्दरता भने अर्को भित्री सुन्दरता । बाहिरी सुन्दरता क्षणिक हुन्छ भने भित्री सुन्दरता दीर्घकालिन, सधैको लागि । कसैसँग बाहिरी सुन्दरता सँगसँगै भित्री सुन्दरता पनि छ भने त्यो सुनमा सुगन्ध भए जस्तै हो ।
कुनै युवतीलाइ अफुतिर अकर्षित गर्न सक्नु युवकको कला हो । तर यस्तो कला सबै युवकहरूसँग हुदैन । युवतीलाइ आफु तिर आकर्षित गर्ने कुनै बनिबनाउ सुत्र पनि हुदैन ।
युवकमा केही गुणहरू हुनु पर्छ जसलाइ हरेक युवतीहरूले मन पराउँछन् । यदि कुनै पनि केटीहरूले तपाइँलाई हेर्दिनन अथवा तपाइमा चासो राख्दिनन भने पनि पिर लिनु पर्दैन, तर एउटा कुरा चाँही गर्नु पर्छ त्यो हो आफ्नो बानीमा केही सुधारहरू ल्याउनु ।
अब, केटाका केही बानीहरूबारे चर्चा गरै जुन हरेक केटीहरूलाई असाध्य नै मन पर्छ ।
१ जो युवक सिधा सादा हुन्छ ।
२ जो अति नै आत्मविश्वासी हन्छ ।
३ जो गम्भिर स्वभावका हुन्छन् ।
४ जो महिलाहरूलाइ सम्मान दिन जान्दछन् ।
५ हँसिलो अनुहार भएको
६ सहयोगी
यो सम्बन्धी अरू जानकारी लिनलाइ तलको यो भिडियो हेर्नु होला